अर्थ

नेपाल टेलिकमको यस वर्षको आय गत वर्षको तुलनामा ३.५८ प्रतिशतले कमी

काठमाडौं । नेपाल टेलिकमले चालु आ.व.को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल आय सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा टेलिकमको आयमा ३.५८ प्रतिशतले गिरावट आएको छ । टेलिकमको चालु आवधिक वर्ष दोस्रो त्रैमासिक अवधि २०८० पौष मसान्तसम्मको कुल आय रु. २१ अर्व ३० करोड ९३ लाख ७९ हजार रहेको छ । गत आ.व. पौष मसान्त सम्मको अवधिमा टेलिकमको कुल आय रु. २२ अर्व १० करोड ११ लाख ३७ हजार रहेको थियो । गत वर्षको तुलनामा यस वर्षको सोही अवधि अर्थात पौष मसान्त सम्मको कुल आयमा ७९ करोड १७ लाख ५७
हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी आएको टेलिकमले जनाएको छ ।

चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु.१७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेको छ । गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजार रहेको थियो । गत आवधिक वर्षको तुलनामा यस वर्षको कुल संचालन आयमा ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको टेलिकमले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरिएको छ ।

यस्तै नेपाल टेलिकमको चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको खुद मुनाफा रु. ३ अर्व
९३ करोड १४ लाख ३ हजार रहेको छ । गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) सम्म टेलिकमको खुद मुनाफा रु. ४ अर्व २५ करोड ४७ लाख ७६ हजार रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष टेलिकमको मुनाफामा ३२ करोड ३३ लाख ७३
हजार (अर्थात ७.६० प्रतिशत) ले कमी आएको टेलिकमले जनाएको छ । कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४३.६८ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *