काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा हरि ढकाललाई नियुक्त गरेको छ ।
केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।
ढकाल यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा प्रबन्धकको रुपमा कार्यरत थिए ।





