काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
बुधबारदेखि लागू हुनेगरी राजीनामा दिएको खनालले जानकारी दिए। सञ्चारमन्त्री शर्माको दबाब खेप्न नसकेका कारण खनालले कर्यकाल सकिनु आठ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् । शर्मा मन्त्री भएदेखि नै खनाललाई हटाउन चाहेकी थिइन्।
प्राधिकरणसँग जोडिएका विषयमा निर्णय गराउन भन्दै शर्माले खनालालई दबाब दिएको बताइन्छ । प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा खनालले राजिनामा दिएका हुन्। शर्माको दबाबअनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकारमार्फत खनालमाथि दबाब बढेको थियो।




