काठमाडौं । सामाजिक संजालका विभिन्न प्लेटफममार्फ नेपाल टलिकमा विभिन्न शाखामा काम गर्नका लागि कर्मचारीको आवश्यकताका बारेमा कोटा निर्धारण भएका झुट्टा समाचार प्रवाह भइरहेको प्रति नेपाल टेलिकमले आपत्ति जनाएको छ ।
आइतबार एक सुचना जारी गर्दै हाल नेपाल टेलिकमले कुनै पनि ग्रुप वा सामाजिक सञ्जालमार्फत कोटा खुलाएको नखुलाएकाले गलत सुचनाको पछि नलाग्न र गलत सुचना प्रवाह नगर्न समेत आग्रह गरेको हो ।
टेलिकमले कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्र आधार मानेर कम्पनीका जानकारीहरुका बारेमा अद्यावधिक हुन समेत सबैलाई अनुरोध गरेको छ ।
कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक पत्रिका तथा कम्पनीको वेबसाइटमा मात्र सार्वजनिक गर्ने गर्दछ । त्यसलाई मात्र आधार मान्न तथा टेलिकमले जारी गरेको आधाकारिक सुुचना वेवसाइडमार्फत हेर्न ुुसमेत नेपाल टेलिकमले सबैलाई आग्रह गरेको छ ।





