कठमाडौं । नेपाल टेलिकमले ईन्टरनेट प्रयोगकर्ताहरुलाई निःशुल्क भिपिएन प्रयोग नर्गन अनुरोध गरेको छ ।
ईन्टरनेट प्रयोगकर्ताहरुको सुरक्षाका लागि टेलिकमले निःशुल्क भिपिएनको प्रयोग नगर्न आग्रह गरेको हो । भिपिएनको प्रयोगले ईन्टरनेट प्रयोगकर्ताको डाटा चोरी हुनसक्ने,गोपनीयता भंग हुनसक्ने,अकाउन्ट ह्याक हुनसक्ने लगायतका विभिन्न सुरक्षा जोखिमहरु बढ्ने भएकोले सम्पूर्ण ईन्टरनेट प्रयोगकर्ताहरुलाई निःशुल्क भिपिएनको प्रयोग नगर्न नेपाल टेलिकमले आग्रह गरेको हो ।
अहिले विभिन्न व्यक्तीहरुले भिपिएनका बारेमा नबुझी भिपिएनको प्रयोगद्धारा टिकटक चलाउने हुँदा विभिन्न घटनाहरु घट्ने गरेका समाचार सामाजिक संञ्जालमा आउन थालेका छन् । त्यसैले टेलिकमले दिएको निर्देशनलाई अनिवार्य रुपमा पालना गर्नु आवश्यक छ ।




