
एजेन्सी । चीनले झोनछिङ—६इ उपग्रह प्रक्षेपण गरेको छ ।
बिहीबार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटलाइट केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको हो ।
झोनछिङ—६इ उपग्रह बिहीबार ७ बजेर २३ मिनेटमा प्रक्षेपण गरिएको थियो । लङ मार्च—३ बी वाहक रकेटद्वारा र योजनाबद्ध रुपमा कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो ।