प्रविधि

एकै पटक देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन, २३० ठाउँमा चार्जिङ स्टेशन स्थापना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । बुधबार नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत पुलिस क्लबमा बनेको चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले बुधबारबाट देशभरीका चार्जिङ स्टेसनको उद्घाटन भएको छ । नेपाल विद्युत प्राधिकरणले तीन वर्ष अगाडी उद्घोष गरेका कुराको बुधबार प्रमाणीकरण भएको छ ।

कोभिड महामारी र रुस–युक्रेन युद्धकाकारण विश्वभर कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालले मात्र होइन अन्य देशले पनि विद्युतीय सवारी संचालनमा जोड दिन थालेका छन् । अहिले निजी क्षेत्रले समेत विद्युतीय चार्जिङ स्टेसनहरु निमार्ण गर्ने कुरामा अगाडी बढी रहेका छन् ।

नेपालमा पेट्रोलियम पदार्थको मुल्यमा आएको आर्थिक भार घटाउनका लागि नै नेपाल विधुत प्राधिकरणले चाजिङ स्टेशन निमार्ण जोड दिएको हो । अहिलेसम्म देशभरमा २३० ठाउँमा चार्जिङ स्टेशन स्थापना भइसकेको प्राद्यिकरणले जनाएको छ । यस्तै नेपालमा विद्युतीय गाडी संचालनमा जोड दिँदै आएको छ । पछिल्लो समय नेपाल प्राधिकरणले चार्जिङ स्टेशन निमार्णमा नीजी क्षेत्रलाई पनि स्टेशन निर्माण प्रोत्साहन गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *