काठमाडौं । नेपाल टेलीकमले आर्थिक वर्ष २०७९/२०८० को चौथो त्रैमासिकको वित्तीय सार्वजनिक गरेको छ ।
टेलिकमले बुधबार आर्थिक वर्ष २०७९/२०८० को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
टेलिकमको सार्वजनिक तथ्याङ्क अनुसार गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको कुल आय रु. ४४ अर्व ३७ करोड ४६ लाख ५६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि २०८० आषाढ मसान्त सम्ममा कुल आय रु. ४९ करोड ३६ लाख १६ हजार (अर्थात् १.११ प्रतिशत ) ले वृद्धि भएको छ । १.११ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९ / २०८० को कुल रकम ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार कायम भएकाे छ ।
यस्तै गत आ.वं.को आषाढ मसान्त (२०७९ आषाढ) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्व ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व.को सोहि अवधि (२०८० आषाढ मसान्त) सम्ममा रु १ अर्व ११ करोड ५८ लाख ५८ हजार (अर्थात, २.९४ प्रतिशत) ले कमी भई रु ३६ अर्व ८० करोड ३९ लाख ३० हजार कायम रहेको छ ।
मुनाफा गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा रु ८ अर्व ४७ करोड ७ लाख ३३ हजार रहेकोमा चालु आ.वं को सोही अवधिसम्ममा (२०८० आषाढ मसान्त) मा रु. ६६ करोड ६२ लाख ७ हजार (अर्थात, ७.८६ प्रतिशत) ले कमि आई रु ७ अर्व ८० करोड ४५ लाख २६ हजार रहेको छ । नेपाल टेलिकमको कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष रु ४३.३६ रहेको छ ।




