प्रविधि

साइबर सुरक्षा नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् बैठकबाट साउन २३ गते पारित भएको साइबर सुरक्षा नीति २०८० जारी भएको छ ।

यसको मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ ।

विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्क स्कोर आगामी १० वर्षभित्र ४४.९९ बाट ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको हो ।

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *