काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक इएमयस स्ट्यान्डर मा आधारित टोकनलाइज्ड प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसनमा अफ लाइन पे सेवा संचालनमा ल्याएको छ । बैङ्कले शुक्रबारबाट अफ लाइन पे सेवा संचालनमा ल्याएको हो । यो एप्सलाई विश्वभरी नै सबै भन्दा भर पर्दो र विश्वसनीयता भएकाले नेपालमा पनि पहिलो पटक संचालनमा ल्याएको बैङ्कले जनाएको छ ।
यस एप्समार्फत ग्राहकहरुले खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार गर्न सक्ने भएकाले ग्राहकको विवरण गोप्य र सुरक्षित समेत रहने भएकाले बढी उपायोगी छ ।
माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पिओएस मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन एमबिएल एम स्माट प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एनडोइड मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने माछापुच्छ्रे बैङ्कले जनाएको छ ।
बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडी बढीरहेको विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै माछापुच्छ्रे बैङक अगाडी बढिरहेको छ । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ट्याप टु पे अफ लाइन सेवा सेवा यस बैंकले संचालनमा ल्याएको माछापुच्छ्रे बैङ्कले जनाएको छ ।





