काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम जम्मा नगर्ने ४७ सेवा प्रदायकको नाममा सूचना प्रकाशित गरेको छ ।
बारम्बार ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिहीबार सूचना जारी गरेको हो ।
‘नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त देहाय बमोजिमका सेवा प्रदायकहरूले दूरसञ्चार सेवा सञ्चालन गरेबापत दूरसञ्चार ऐन, २०५३ बमोजिम आव २०७८/२०७९ मा आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामिण दूरसञ्चार विकास कोषबापतको रकम र उक्त आवको वित्तीय विवरण सहित २०७९ पुस मसान्तभित्र दाखिला गर्नु पर्नेमा प्राधिकरणबाट बारम्बार ताकेता गर्दा समेत हालसम्म दाखिला गरेको नपाइएको हुँदा नियमानुसार नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम यही २०८० साउन मसान्तभित्रमा सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा (थप दस्तूरसहित) दाखिला गरी सोको सक्कल भौचर संलग्न गरी पेस गर्नु हुन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
तोकिएको समयभित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारबाही हुने प्राधिकरणले जनाएको छ ।
सूची





