समाचार

टेलिकमका रिर्चाज कार्ड हराए

काठमाडौं।नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ ।

बुधबार गोरखापत्र दैनिकमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

टेलिकमको भनाइमा सि.नं.११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

ती कार्ड खरिद नगर्नसमेत टेलिकमले अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *