देश

साइबर सुरक्षा नीति–२०८० स्वीकृत, यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने निर्णय पनि गरेको छ ।
मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ५ रुपैंया दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिइन् । उनले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने र बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने निर्णय भएको पनि जानकारी दिइन् । मन्त्री शर्माले बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *