प्रविधि

भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर

काठमाडौं ।भारतको गत शनिबार चन्द्रमामा पठाएको चन्द्रयान–३ ले पहिलो तस्बिर पठाएको छ । चन्द्रमाको कक्षामा प्रवेश गरेसँगै चन्द्रयान–३ ले तस्बिर पठाएको हो ।

‘यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका बेला चन्द्रमा यस्तो देखिएको थियो,’ चन्द्रयान–३ को एक्स (ट्विटर) ह्याण्डलमा लेखिएको छ ।

आगामी २३ अगस्टमा चन्द्रयानले चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्याण्डिङ गर्ने छ । यसअघि भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो ।

चन्द्रयान–३ मा एउटा ल्याण्डर, एउटा रोवर र एउटा प्रोपल्सन मोड्युल राखिएको छ । यसको तौल जम्मा तीन हजार नौ सय किलो रहेको छ ।

https://twitter.com/chandrayaan_3

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *