काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफरको अवसर ल्याएको छ । नेपाल टेलिकमले ग्राहकहरुको चाहना र आवश्यकतालाई बुझेर नयाँ अफल सार्वजनिक गरेको जनाएको हो ।
एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समर अफर अन्तर्गत विभिन्न डाटा प्याक अफरहरु ल्याइएको छ ।अल टाइम डाटा प्याक अन्तर्गत रु.५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुने जनाइएको छ ।
यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ ।
अनलिमिटेड ७९९ प्याक सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने गरि टेलिकमले सुचारु गरेको जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्ने सकिने सेवाहरु नेपाल टेलिकमले उपलब्ध गराएको जनाएको छ ।




