प्रविधि

बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स

काठमाडौं । रोटरी क्लव अफ बुटवलले रगतको अभाव परिपूति गर्ने उदेश्यले बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ । रगत संकलनमा सहजता कायम गर्नका लागि उक्त रक्त संकलन मोबाइल एम्बुलेन्स संचालनमा ल्याइएको हो । अब रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिने भएको छ ।

उक्त क्लवले उक्त रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रसले पनि साझेदारी गरेको जनाइएको छ ।

क्लवका अध्यक्ष बोनिनका अनुसार रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको हो । एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्ने उनको भनाइ छ ।
अध्यक्ष पियाले क्लवले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताए ।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पु¥याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले जानकारी दिए । अब यसको सञ्चालनका लागि कार्यविधि निर्माण गरिने र सोहीअनुसार कार्यान्वयनमा ल्याइने उनले बताए ।

क्लवले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेपनि कोरोना महामारीका कारण अहिले संम्भब भएको जनाएको छ ।
रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।

रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुनेछ । रगत संकलन एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लवले गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

उनले बुटवलवासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीहरुले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दू राखेर काम गरिरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *