प्रविधि

दूरसञ्चार एवं सूचना प्रविधिले शिक्षा क्षेत्रमा आमूल परिवर्तन

काठमाडौं । दूरसञ्चार एवं सूचना प्रविधिले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याएको सरोकारवालाहरू बताएका छन् । शनिबार उदयपुरको गाईघाटमा आयोजित ‘दूरसञ्चार एवं सूचना प्रविधिले शिक्षा क्षेत्रमा पारेको प्रभाव’ अन्तरक्रियामा सरोकारवालाहरूले शिक्षा क्षेत्रले फड्को मार्नुमा सूचना र प्रविधिको ठूलो सहयोग रहेको बताए ।

त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतले विद्यालय तहमा दूरसञ्चार सेवा विस्तारलाई महत्व दिइएको बताए । उनले सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेटको पहुँच पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गरेको बताए । विभिन्न संघसंस्था र सरकारी कार्यलयमा निःशुल्क इन्टरनेटको पहँुच शुभारम्भ भएलगत्तै अहिले १६/१७ ठाउँमा निःशुल्क इन्टरनेटको पहँुच पुगेको उनको भनाइ थियो ।

फ्याबुलस मिडिया सर्भिस र दूरसञ्चार प्राधिकरणको सहकार्यमा आयोजित अन्तरक्रियामा उनले यस्ता कार्यक्रम स्थानीय तहका सबै विद्यालयमा पु¥याउनुपर्ने धारणा राखे । त्रियुगा नगरपालिका भौगोलिक रूपमा विविधता भएकाले गर्दा समान किसिमको इन्टरनेटको पहँुच पुग्न नसकेको उल्लेख गर्दै उनले समान इन्टरनेट सेवा विस्तारका लागि सञ्चार मन्त्रालयमा उदयपुरका सबै वडामा इन्टरनेटको सुविधा पु¥याउन बजेटको माग गरेको जानकारी दिए ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल दुरसंचार प्राधिकरणका निर्देशक दिपेश आचार्यले स्थानीय नागरिकले भोग्दै आएका इन्टनेटका समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए । ‘विगतको तुलनामा अहिले दूरसञ्चारले धेरै ठाउँमा इन्टरनेटको सुविधा पुगेको छ । नपुगेका वडामा समयमै इन्टरनेटको पहुँच सम्भव भएसम्म सेवा प्रदान गर्ने कुरामा दूरसञ्चार पछि हट्दैन,’ उनले भने ।

शिक्षा क्षेत्रमा इन्टरनेटले कोभिड पछाडिकाे समयमा शिक्षण सिकाइ क्रियाकलापलाई सहज तुल्याएको भन्दै उनले यसको प्रयोगात्मकतालाई सदुपयोग गर्नसक्नुपर्ने धारणा राखे । आचार्यले इन्टरनेटलाई सकारात्मक तरिकाले प्रयोग गर्नसमेत सुझाव दिए । इन्टरनेटको अनुचित प्रयोगले गर्दा समाजमा धेरै नकारात्मकता बढेकाले उचित प्रयोग गर्न निर्देशक आचार्यले आग्रह गरे ।

त्रियुगा नगरपालिका सदरमुकाम गाईघाटमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सरदमुकाममा सबैतिर इन्टरनेटको पहुँच नपुगेको गुनासो गरे । कार्यक्रममा नेपाल कम्प्युटर एसोसिएसन क्यानका प्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो ।

फ्याबुलस मिडिया सर्भिसका सञ्चालक सीबी खड्काले सभापतित्व गरेको कार्यक्रममा आइटी इन्जिनियर अमोद पुडासैनीले ‘दूरसञ्चार एवं सूचना प्रविधिले शिक्षा क्षेत्रमा पारेको प्रभाव’ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *