काठमाडौँ । चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ९ः३१ सेन्जो–१६ यानले पृथ्वी छाडेको हो । चीनको जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रमार्फत् आफ्नो स्थायी अन्तरिक्ष स्टेसन तियानगोङमा पठाएको हो । उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन् ।

अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन् । विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ । चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ । चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेग री चन्द्रमाको अन्वेषणमा अर्बौ लगानी गरिरहेको छ ।
चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ । त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । एजेन्सी




