काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर बढाएको भन्ने समाचार र गुनासो आएपछि गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
सोमबार एक सुचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवाको विद्यमान् स्वीकृत महशुलदर भन्दा बढी शुल्क लिने गरी हालसम्म कुनै पनि सूचना जारी नगरेको र शुल्क बढाउन इन्टरनेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन सुचनामार्फत स्पष्टिकण दिएको छ ।
दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकसँग लिने शुल्करमहशुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले सेवा प्रदायकलाई आफूखुशी महशुल नबढाउन समेत निर्देशन दिएको छ ।




