प्रविधि

ट्विटरको सीईओ छोड्ने मस्कको घोषणा

काठमाडौँ । एलन मस्कले ट्विटरको सीईओ छोड्ने घोषणा गरेका छन् ।

मस्कले अब एक महिला ट्वीटरको सीईओ हुने बताउदै आफु कार्यकारी अध्यक्षको भूमिकामा हुने बताएका हुन् । मस्कले ट्वीटरको नयाँ सीईओ पाएको बताउदै उनी आगामी ६ हप्तामा कम्पनीमा सामेल हुने जानकारी दिएका छन् ।

तर, मस्कले आफ्नो नाम भने उल्लेख गरेका छैनन् । मस्कले ट्वीट गर्दै आफु ट्विटरको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारी हुने बताएका छन् । मस्क लामो समयदेखि ट्विटरका लागि नयाँ सीईओको खोजीमा थिए ।

उनले गत वर्ष डिसेम्बरमा एक पोलमार्फत सीईओ पद छोड्ने कि नदिने भनेर सोधेका थिए । यस पोलमा ५७.५ प्रतिशतले उनलाई पद छोड्न सल्लाह दिएका थिए । यसपछि मस्कले यो कामको लागि कसैलाई पाउना साथ राजीनामा दिने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *