देश

नेटवर्क आउने प्रतीक्षामा मोबाइल झुन्ड्याउन बाध्य

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् । जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । फोन आउँछकी भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आएकी पञ्चाकली रोकायाले बताईन । उनी भन्छिन , “के गर्नु सर, झुन्डायाएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ । आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर

यसरी राखेको छौँं ।”

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ । हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ ।बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ । अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *