प्रविधि

नेपाल टेलिकमले ल्यायो विशेष नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने भएको हो ।

कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने नेपाल टेलिकमले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *