प्रविधि

नाफा ९६ प्रतिशतले घटेपछि सामसुङले चिप उत्पादन कटौती गर्ने

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले शुक्रबार एक विज्ञप्ती जारी गर्दे आफ्नो विश्वभर रहेको चिप उत्पादनमा कटौती गर्ने जानकारी दिएको छ । कम्पनीले ग्लोबल सेमिकन्डक्टर बजारमा आफ्नो उत्पादनको तीव्र गिरावटको कारण नाफा कम हुँदै गएपछि उत्पादन कटौती गर्ने निर्णय लिएको हो ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप र टिभी निर्माता कम्पनीको रुपमा विश्वको चिप बजारमा सुरुमा ३ प्रतिशतले बढेको सामसङको व्यापार आफ्नो प्रतिद्वन्दी एसके हाइनिक्सको बजार हिस्सा ५ प्रतिशतले बढ्दा सामसङले घाटा व्यहोर्नु परेको हो ।

सन् २०२३ को पहिलो तीन महिनामा सामसङको नाफा ४५ करोड ५५ लाखले घटेको कम्पनीले अनुमान गरेको छ । यो कम्पनीले पछिल्लो १४ वर्षमा व्यहोरेको सबैभन्दा बढी घाटा हो । बजारमा मेमोरी कार्डको माग तीव्र रुपमा घटेको कारण आफूले घाटा व्यहोर्नु परेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसर्थ कम्पनीले मेमोरी कार्डको उत्पादन घटाउने बताएको छ । यसको साथै स्मार्टफोन तथा व्यक्तिगत कम्प्युटर निर्माताहरूले पनि चिप खरिद कम गरेको कारण कम्पनीले घाटा व्यहोर्नु परेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *