काठमाडौं । प्रसारणलाइनपछि एमसीएले करिब १५ अर्बको तीन ठुला सबस्टेसन निर्माणका लागि ठेक्का निकाल्यो
काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने प्रसारणलाइनपछि तीन ठुला सबस्टेसन निर्माणका लागि ठेक्का आहन गरेको छ ।
एमसीए–नेपालले आज(शुक्रबा) एक सूचना जारी गरि सबस्टेसन निर्माणका लागि ठेक्का आहन गरेको हो । सो परियोजनाअन्तर्गत रातमाटे, न्यु दमौली र न्यु बुटवलमा निर्माणकार्य हुने भएको छ ।
सबस्टेसन निर्माणको ठेक्का पाउने कम्पनीले सबस्टेसनको प्लान्ट डिजाइन, सप्लाइ, डेलिभरी, इन्टलेसन, टेष्टिङ र कमिसनिङको काम तीनवटै सबस्टेसन ४०० केभीको काम सम्पन्न गर्नुपर्ने छ ।
तीनवटा लटमा सबस्टेसन निर्माणको काम गर्दै लटमा रातमाटे ४०० केभी सबस्टेसन निर्माण र लप्सीफेदी र हेटौडासम्मलाइन पूर्याउने काम गनुृपर्ने भएको छ । लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणले सबस्टेसन निर्माणको काम अहिले जारी राखेको छ ।
केही समय आगाडी स्थानीयसंगको विवाद बढेको भएपनि अहिले सो स्थानमा विवादको विषयमा समझादरी गरेर सबस्टेसन निर्माणको काम चलिरहेको छ। हेटौडामा २२० केभीको सबस्टेसनको स्तरोन्नतिको काम प्राधिकरणले गरिरहेको छ ।
दोस्रो चरणमा न्यु बुटवलमा ४०० केभी सबस्टेसन र तेस्रो लटमा ४०० केभीको न्यु दमौली सबस्टेसनमा हुने निमार्ण कार्यका लागि असार १५ गते सम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ ।
यस अघि नै गत मंसिरमा एमसिए नेपालले एमसीएले प्रसारणलाइन निर्माणका लागि ठेक्का आहन गरिसकेको छ । यो प्रसारण लाइनको काम लप्सीफेदीदेखि न्यु बुटवलसम्म निर्माण हुनेछ।
लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा पहिलो लट (११७ किमी), दोस्रो लटमा रातमाटे–न्यु दमौली (९० किमी) र तेस्रो लट न्यु दमौली(न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमी) गरी कुल ३१५ किलोमिटर छ।
एमसीसी अन्तर्गतको आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ। सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ। परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ।
प्रस्तावित यो प्रसारणलाइनमा कुल ८५६ वटा टावर निर्माण हुने र टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरु हटाउनु पर्नेछ । सरकारी र निजी गरी ८ सय रोपनी जग्गा चाहिने अनुमान रहेको छ ।
यो प्रसारणलाइन काठमाडौं(सिन्धुपाल्चोक( नुवाकोट( धादिङ( मकवानपुर(चितवन(तनहुँ( पाल्पा(नवलपुर(परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्छ। निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर(मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ। नेपाल(भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारणलाइन महत्वपूर्ण अपेक्षा राखिएको छ ।
अहिले यो आयोजनामा बोटेक जेभीले परामर्शदाताका रुपमा काम गरिरहेको छ। २२८ मिलियन डलर (२९ अर्ब ६४ करोड रुपैयाँ)प्रसारणलाइन र ११४ मिलियन डलर (१४ अर्ब ८२ करोड रुपैयाँ) सवस्टेसनका लागि खर्च हुने एमसीए–नेपालले जनाएको छ।
दमौली र बुटवलको प्रसारणलाइनका लागि विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ। त्यहाँ एमसीए–नेपालले संरचनाहरु मात्रै निर्माण गर्नेछ भने नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहण नै गरेर सबस्टेसन निर्माण हुनेछ। यो सबस्टेसन निर्माणका लागि ३९८ रोपनी जग्गा चाहिन्छ। ३९७ रोपनी जग्गा अधिग्रहण भइसकेको एमसीए नेपालले जनाएको छ।




