प्रविधि

एक अर्ब ९८ करोड लगानी वर्ल्डलिङ्कमा भित्रियाे

काठमाडौं । बेलायत सरकारको लगानीकर्ता ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कलाई एक अर्ब ९८ करोड बराबरको संयुक्त लगानी गरेको छ ।

वल्र्डलिङ्कले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि बीआईआईबाट एक अर्ब आठ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी प्रतप्त गरेको जानकारी दिएको हो ।

यो नेपालको इन्टरनेट क्षेत्रकै सबैभन्दा ठूलो लगानी भएको वर्ल्डलिङ्कले जनाएको छ । यसअघि ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टले सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर लगानी गरेको थियो ।

यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको वर्ल्डलिङ्कले जानकारी दिएको छ ।

हाल साढे सात लाख बढी ग्राहक रहेको वर्ल्डलिङ्कमा साढे पाँच हजार कर्मचारी छन् । साथै यो कम्पनी देशको सबैभन्दा ठूलो रोजगार प्रदायक पनि हो ।

ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्ने बताइएको छ । साथै कर्मचारीहरूको सीप अभिवृद्धिका लागि तालिमसमेत प्रदान गरिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *