काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । कार्यालयको आधिकारिक अकाउन्ट पीएमओ नेपाल ह्याक भएको हो ।
उक्त ह्यान्डलबाट विभिन्न असान्दर्भिक विषयवस्तुबारे ट्विट र रिट्विट गरिएको छ । प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट असान्दर्भिक विषयवस्तु ट्विट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले अध्ययन सुरु गरेको छ ।
आधिकारिक ट्विटर एकाउन्टमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।




