प्रविधि

जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा जडान

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा जडान गरेको छ ।

प्रविधिले पछि परेको जुम्लामा आज वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा जडान गरेको हो । । अब जुम्लामा एमटिएच फाइबर नेट जडान गरेपछि त्यहाँका नागरिक इन्टरनेट सेवाको पँहुचमा पुगेका छन् । जुम्लावासीले अब इन्टरनेटको अभावबाट मुक्ति पाएका छन् ।

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालका अनुसार जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जडान गर्न पाउँदा खुसी भएको उनको भनाइ छ ।

इन्टरनेट जुम्लामा सुरुवात भएसंगै अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले जानकारी दिए । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान समेत रहेको अग्रवालले बताए ।

‘जुम्लामा वायरलेस इन्टरनेट भएपनि अहिले फाइबरनेट इन्टरनेट जडान भएकाले अब संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पु¥याउने अध्यक्ष अग्रवालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *