प्रविधि

टेलिकमका उपकरण र संरचनामा क्षति गर्नेलाई सुरक्षा निकायमा खबर गरिदिन आग्रह

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने काम भएको भन्दै त्यसबाट सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको जनाएको छ ।

टेलिकमले मंगलबार विज्ञप्ति जारी गरी पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पु¥याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको जनाएको छ । यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको भन्दै उसले यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको उल्लेख गरेको छ ।

यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु¥याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुसरक्षा निकायमा खबर गरिदिन टेलिकमले अनुरोध गरेको छ ।

[pdfjs-viewer attachment_id=317051 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/nepal-telicome.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/nepal-telicome.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *