समाचार

त्रिभुवन विमानस्थलको सर्भर डाउन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएको छ । टीआईएका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित बन्न पुगेको हो ।

‘ उक्त समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखा परेको उनको भनाइ छ । अहिले समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिएका छन् ।अबको केही छिन्मा नै समस्या समाधान हुनेमा आशावादी रहेको सिटौलाले जानकारी दिए ।

अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको उनले बताए ।

टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोहीँ समस्या देखिएको उनले जानकारी दिए ।

‘सिंहदरबारबाट सञ्चालित सरकारीसर्भरमा पटक पटक समस्या आइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *