काठमाडौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) नेपालको अध्यक्षमा पुन: सुधीर पराजुली निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो ।
समिति उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन रहेका छन् भने कार्यकारी सदस्यमा कमलप्रसाद बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा छन् ।
यस्तै सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन ।




