प्रविधि

धादिङमा साइबर सुरक्षासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम

काठमाडौं । धादिङमा साइबर सुरक्षासम्बन्धी दुई दिने अभिमुखीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बिहीबार र शुक्रबार धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर २ को महाकाली मावि सिम्ले र वडा नम्बर ६ को जनजागृति माविमा अभिमुखीकरणसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो ।

साइबर सुरक्षाबारे सहजकर्ता विनोद भट्ट र केशवप्रसाद रुपाखेतीले कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिएका थिए । जसमा साइबर अपराध र साइबर सुरक्षाबाट कसरी बच्ने ? जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।

सामाजिक सञ्जालको प्रयोग, पासवर्ड के कसरी राख्ने ? फेसबुक, जिमेल, बैंक अकाउन्ट कसरी सुरक्षित गर्ने ? कुनै ठाउँमा जाँदा तस्बिर राख्ने कि नराख्ने ? विदेशबाट पैसा आएको प्रलोभन दिँदा के गर्ने ? जस्ता विषयमा सहजकर्ता भट्ट र रुपाखेतीले जानकारी दिएका थिए । कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा एड चौतारी प्रालिले आयोजना गरेको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *