काठमाडौँ । सन् २०२३ लाई अन्तरिक्ष प्रविधिका लागि स्वर्ण युग मानिएको छ । यसको कारण यस बर्ष ५ ठूला मिसनहरू जसले अन्तरिक्षको बारेमा मानिसहरूको बुझाइ बढाउनेछ ।
यी हुन् युरोपेली अन्तरिक्ष एजेन्सीको जुपिटर आइसी मुन्स एक्सप्लोरर र सुपर हेभी स्पेसएक्स स्टारशिपको प्रक्षेपण । जापानबाट ८ सदस्यीय टोलीद्वारा मिसन डियरमुन । नासाको महत्त्वपूर्ण क्षुद्रग्रहको नमूनाको साथ पृथ्वीमा फर्किने मिशन र भारतको निजी अन्तरिक्ष कम्पनी स्काइरूटले आफ्नो पहिलो थ्रीडी प्रिन्टेड रकेटको साथ एक उपग्रह प्रक्षेपण गर्दैछ ।
स्पेसएक्स सुपर हेभी स्टारशिप

स्टारशिपले एक लाख किलो कार्गो तल्लो पृथ्वीको कक्षमा राख्नेछ । यसमा दुईवटा कम्पोनेन्ट हुनेछन् । स्पेसशिप र सुपर हेभी रकेटहरू । ३९ शक्तिशाली इन्जिनबाट बनेको रकेटलाई ६५ किलोमिटरको उचाइमा लैजानेछ ।
जापानको ‘डियरमुन’ मिशन

जापानको आठ सदस्यीय चालक दल स्पेसएक्सको स्टारशिपबाट नै चन्द्रमामा जानेछ । यो टोलीले चन्द्रमाको परिक्रमा गर्नेछ र यसको सतहमा अवतरण गर्नेछ । यसको सफलताले गहिरो अन्तरिक्ष पर्यटनको भविष्यको पनि भविष्यवाणी गरिरहेको छ ।
जुपिटर आइस मुन एक्सप्लोरर

विश्वको पहिलो रोबोटिक जुपिटर मिसन । चन्द्रमालाई चार वर्षको परिक्रमा गरेपछि यो २०३१ मा बृहस्पतिमा पुग्नेछ । यसको रडारले त्यहाँको सतहमा जमेको बरफ र ग्यास पत्ता लगाउनेछ । यसको प्रक्षेपण अप्रिलको अन्त्यमा हुनेछ ।
क्षुद्रग्रह मिशन

नासाको ओसिरिस सेप्टेम्बर २४ मा पृथ्वी नजिकको बेन्नु क्षुद्रग्रहको नमूना लिएर संयुक्त राज्य अमेरिकाको उटाहको मरुभूमिमा फर्किनेछ । यी क्षुद्रग्रहमा सुन र प्लेटिनमलगायत बहुमूल्य धातुहरूका साथै पानी पनि प्रशस्त मात्रामा रहेको वैज्ञानिकहरूको विश्वास छ ।
स्काईरुट मिशन

भारतको पहिलो निजी अन्तरिक्ष कम्पनी स्काइरुटले यसै वर्ष अर्को उपग्रह प्रक्षेपण गर्नेछ । यसको लक्ष्य थ्रीडी प्रिन्टेड रकेटको उत्पादनलाई तीव्र बनाएर निजी प्रक्षेपणको लागत घटाउनु हो । दुई निजी कम्पनीले पनि यसै वर्ष रकेट प्रक्षेपण गर्नेछन् ।




