काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निर्वाचनको लागि दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ।
चुनावका बेला अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारिताका साथ सचालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सृजना हुन नदिन तथा तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आइपरेमा तुरुन्त टिम परिचालन गर्न सक्ने गरि व्यवस्थापन मिलाउन सम्पूर्ण सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।
प्राधिकरणले आचारसंहिताविपरित दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्न गराउन नदिन समेत निर्देशन दिएको छ ।




