नयाँ दिल्ली ।अब अन्तरिक्ष सम्बन्धी जिज्ञासा अनलाइनबाटै मेटाउन सकिने भएको छ। यसका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले ‘अन्तरिक्ष जिज्ञासा’ सम्बन्धी वेब पोर्टल सार्वजनिक गरेको छ।
यसमा सहभागी हुन आफ्नो व्यक्तिगत विवरणसहित jigyasa.iirs.gov.in/registration मा आवेदन दिन सकिने छ।
अन्तरिक्षसम्बन्धी जानकारी लिन चाहानेका लागि अनलाइन कोर्स गर्ने मौका मिल्ने छ। यसमा सातवटा अनलाइन कोर्स राखिएको छ।
जसमा ४२ वटा भिडियो र ११३ ज्ञानमूलक सामग्री छन्। यसका लागि हालसम्म ५३५ ले आवेदन दिएका छन्।




