प्रविधि

शुरु हुनुअघि अमेरिकामा नयाँ फाइभ जी नेटवर्कको विरोध

काठमाडौँ । अर्को महिना अमेरिकामा नयाँ फाइभ जी नेटवर्क सुरु हुँदैछ । यसैबीच, यो फाइभ जी नेटवर्कले अवस्थित अमेरिकी सैन्य उपग्रहहरूमा हस्तक्षेप गर्न सक्ने अमेरिकी रक्षा विभागले चेतावनी दिएको छ ।

लिगाडो नेटवर्कको प्रस्तावित स्थलीय नेटवर्कले इरिडियम कम्युनिकेसन उपग्रहहरूलाई गम्भीर रूपमा नोक्सान पुर्‍याउन सक्छ, पेन्टागनको प्रायोजित नेशनल एकेडेमी अफ साइन्सेजको रिपोर्टले भनेको छ । इरिडियमले रक्षा मन्त्रालयको रिपोर्टसँग सहमत भएको दाबी गर्दै नयाँ फाइभ जी नेटवर्कले स्याटेलाइट सञ्चालनमा हानिकारक हस्तक्षेप गर्न सक्ने बताइएको छ । लिगाडोको प्रस्तावित अपरेशनले इरिडियमका १४ संघीय एजेन्सीहरू, ८० भन्दा बढी सरोकारवालाहरूलाई असर गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

रक्षा विभागले जारी गरको प्रतिवेदनमा २०१२ अघिका केही रिसिभरहरूमा हानिकारक हस्तक्षेप हुन सक्ने उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा स्याटेलाइट सञ्चारमा पनि अवरोध आउन सक्छ । प्रतिवेदनले प्रस्तावित लिगाडो फाइभ जीनेटवर्क अधिकांश व्यावसायिक सामान्य नेभिगेसन, समय, सेलुलर वा प्रमाणित उड्डयन जीपीएस रिसीभरहरूको लागि हानिकारक हुन सक्ने बताएको छ ।

यसैबीच, लिगाडोका प्रवक्ता एश्ले डर्मरले प्रतिवेदनमा प्रतिक्रिया दिँदै उनको कम्पनीले लाइसेन्स अन्तर्गत फाइभ जी नेटवर्क सञ्चालन गर्न लागेको बताएका छन् । यो जीपीएसलाई असर नगरी एकै साथ सञ्चालन गर्न सकिने उनले बताएका छन् ।

डर्मरले केहि पुरानो र खराब डिजाइन जीपीएस उपकरणहरू अपग्रेड गर्न आवश्यक हुन सक्ने बताए । लिगाडोले संघीय संचार आयोगसँग मिलेर, संघीय उपकरण अपग्रेड वा प्रतिस्थापन गर्न दुई वर्ष पहिले एक कार्यक्रम सुरु गरेको थियो ।

पुराना उपकरण बदल्न वा स्तरोन्नति गर्न जुनसुकै निकायको सहयोग लिन तयार रहेको लिगाडोले बताएको छ । तर अहिलेसम्म कुनै निर्णय भएको छैन ।

लिगाडोलाई 2020 मा फाइभ जी नेटवर्कको लागि अनुमति दिइएको थियो ।

२०२० मा, संघीय सञ्चार आयोगले लिगाडोलाई फाइभ जी नेटवर्क स्थापना गर्न अनुमति दियो। जसले स्मार्टफोन, चालकविहीन सवारीसाधन र अन्य उपकरणहरूलाई अर्को पुस्ताको नेटवर्कमा जोड्नेछ । तर दुबै पक्षका अमेरिकी सिनेटरहरूले एफसीसीलाई सुरक्षा आधारमा यसको स्वीकृतिमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । गत महिना, सिनेट सशस्त्र सेवा समितिका नेताहरूले एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेललाई लिगाडो आदेशलाई पन्छाउन आग्रह गर्दै पत्र लेखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *