प्रविधि

भ्यास सेवा स्वतः नवीकरण भए कारबाही हुने

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकहरुले भ्यालु एडेड सर्भिस (भ्यास) स्वतः नवीकरण हुने गरी सञ्चालन गरेमा नियामक निकायले कारबाही गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुले प्राधिकरणको निर्देशन विपरित भ्यास सेवा सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले भ्यास सेवाको अवधि सकिनु अगावै ग्राहकहरुलाई निःशुल्क एसएमएसमार्फत जानकारी दिनुपर्ने बताएको छ । एसएमएस पठाएर नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले उक्त सेवा नवीकरण गर्ने व्यवस्था गर्नुपर्ने आज प्रकाशित सूचनामा उल्लेख छ ।

सेवा प्रदायकहरुले निर्देशन विपरित स्वतः नवीकरण हुने गरी भ्यास सेवा सञ्चालन गरेको बुझिन आएको भन्दै प्राधिकरणले सो कार्य नगर्न निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन विपरित कोही कसैले स्वतःनवीकरण हुने गरी भ्यास सेवा सञ्चालन गरेको पाइएमा सम्बन्धित निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *