प्रविधि

सोरुका ३१ वटै समुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउने समझदारी

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरण र मुगुको सोरु गाउँपालिका बीच सामुदायिक आधारभूत विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने समझदारी भएको छ । ग्रामिण दूरसञ्चार कोषको प्रयोग गरी पालिकाभित्रका ३१ वटा सामुदायिक आधारभूत विद्यालयमा कम्तिमा २० एमबीपीएस क्षमताको नन् डेडिकेटेड ब्रोडव्याण्ड इन्टरनेट सेवा पुर्या‍उने समझदारी भएको हो । यो समझदारी भएसँगै सोरुका सामुदायिक विद्यालयमा दुई वर्ष निशुल्क इन्टरनेट सेव उपलब्ध हुनेछ ।

समझदारी पत्रमा प्राधिकारणको तर्फबाट निर्देशक सुरेन्द्रलाल हाडा र गाउँपालिका तर्फबाट पालिका उपाध्यक्ष केशर बहादुर शाहीले हस्ताक्षर गरेका छन । सम्झौक्तापछि गाउँपालिका उपाध्यक्ष तथा बौद्धिक युवा नेता शाहीले इन्टरनेटको पहुँचले सोरु गाउँपालिकका विद्यार्थीहरुले शिक्षण शिकाइ र शैक्षिक गुणस्तमा फड्को मार्ने अपेक्ष व्यक्त गरे ।


सामुदायिक विद्यालयहरुसँग प्रविधिमा आधारित पठनपाठन एवं इन्टरनेटको पहुँच स्थापित गर्न प्राधिकरणसँग समझदारी गर्ने सोरु मुगु जिल्लाकै पहिलो पालिका भएको उपाध्यक्ष शाहीले जानकारी दिए । दूई वर्ष निशुल्क सेवा अवधि समाप्त भएपश्चात सेवाको निरन्तरता र दिगोपनका लागि स्थानीय तहको सहकार्य र साझेदारीमा प्राधिकरणले आवश्यक कदम चाल्ने समझदारी प्रत्रमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *