काठमाण्डौ । सहकारी बिभागबाट संचालनमा रहेको सहकारी तथा गरिबी सम्बन्धी व्यबस्थापन सूचना प्रणाली (COPOMIS) COPOMIS नेपाल सरकारको पूर्ण लगानीमा आर्थिक बर्ष २०७१/७२ मा निर्माण गरिएको एक Web Based Software अर्थात Web Browser मार्फत चलाउने software हो जसले सहकारी क्षेत्रका स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका सहकारी संघ/संस्थाको सूचना एवं तथ्याङ्क संकलन गर्ने, प्रशोधन गर्ने र प्रतिवेदन दिने काम गर्दछ । यस प्रणालीमा राज्यको निकै ठुलो लगानी भएको तर सहकारीहरुको निकै न्युन आबद्धता तथा तथ्यांक प्रविष्टीमा सुस्तता भइ रेहेको अवस्थामा छ ।
सहकारी विभागले मिति २०७९।०४।०९ मा देशै भरिका सहकारी संघ संस्थाहरुलाई COPOMIS मा आबद्ध भै समष्टिगत विवरण भर्नुपर्ने विषयमा परिपत्र गरेको थियो ।
त्यसैगरी आन्तरिक राजश्व विभागको मिति २०७९।०३।२८ मा भएको निर्णय बमोजिम सबै कर कार्यालयहले सहकारी संघ सस्थाहरुलाई कर चुक्ता प्रमाणपत्र दिनु पूर्व कोपोमिस प्रणालीमा प्राप्त हुने आबद्ध नं Submission No पेश भए पश्चात मात्र कर चुक्ता दिने गरि भएको परिपत्र बमोजिम कर कार्यालयहरुले विवरण रुजु गर्न थालेका छन् ।

सहकारी कर्मीहरु कर चुक्ता प्रमाणपत्र लिन जादा कर कार्यालयले कोपोमिस आबद्धता नं लिएर आउन भनि फिर्ता पठाएको कुरा बेलकोट गढीबाट माथ्लो जिलिङ उपभोक्ता सहकारी सस्थाका एक कर्मचारीले हामिलाई जानकारी दिएका छन् । सहकारीहरुले कर दाखीला गरिसकेता पनि कर अधिकृतले COPOMIS आबद्धता नं पेश नभएको कारण कर चुक्ता दिन नमिल्ने भनि सहकारी संस्थालाई फिर्ता पठाएको कुरा नुवाकोटबाट एक सहकारीकर्मीले हाम्रो युनिटमा कुरा राखेका छन्।
सहकारि विभाग र आन्तरिक राजश्व विभाग विच समन्वय हुँदा सहकारीको राष्ट्रिय तथ्यांक निर्माणमा सहयोग पुग्ने अपेक्षा ।
सहकारी संस्थाहरुले अब कर चुक्ता लिन जानु पूर्व COPOMIS प्रणालिमा आबद्ध भएर Submission No सहित तयारीका साथ कर कार्यालय जाँदा दुख नपाउने तथा आन्तरिक राजश्व बिभाग र सहकारी बिभाग विचको समन्वय निरन्तरता हुन सकेमा सहकारी क्षेत्र शुशाशन र प्रवर्धनका निम्ति आवश्यक पर्ने तथ्यांक संकलन र कोपोमिसको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने देखीन्छ ।




