काठमाडौं । रुसले सन् २०२४ पछि आफू इन्टरनेसनल स्पेस स्टेसन (आइएसएस)बाट अलगिने र आफ्नो छुट्टै स्टेसन बनाउने घोषणा गरेको छ ।
सन् १९८८ यता रुस र अमेरिका लगायत अन्य साझेदारहरूले आइएसएसमा सफलतापूर्वक काम गर्दै आएका छन् । तर, रुसी फौजले युक्रेनमा आक्रमण गरेदेखि सम्बन्ध चिसिन शुरु भएको हो । रुसले यसअघि नै आफूमाथि पश्चिम जगतले आर्थिक प्रतिबन्ध लगाएकाले आइएसएसबाट हात झिक्ने चेतावनी दिएको थियो ।
पाँचवटा अन्तरिक्ष निकाय सम्मिलित संयुक्त परियोजनाको रूपमा रहेको आइएसएस सन् १९९८ देखि पृथ्वीको कक्षमा घुमिरहेको छ ।




