प्रविधि

युवालाई सूचना प्रविधिमा आकर्षित गराउन सञ्चारमन्त्री कार्कीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेका छन् ।

उनले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई आज सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याए  । 

“सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भने  । उनले परिवारको गरिबीपन हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा भने ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताए  । 

मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक रु डेढ लाखसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको दोहो¥याउनुभयो । उनले भने “आजकाल हरेका जिल्ला तथा सहरमा एउटा ल्यापटप बोकेर युवाले रु डेढ दुई लाखसम्म कमाउँछन्, अब युवालाई हरेक क्षेत्रले प्रविधिमैत्री बनाएर त्यतातिर ध्यानाकर्षण गराउनुपर्छ ।” 

उनले उच्च शिक्षालयबाट प्राप्त हुने प्रमाणपत्र केवल कालान्तरको ‘खोष्टो’ मात्रै हुने नबनाइ व्यक्ति, परिवार र समाजका निम्ति उपयोगी हुनसक्ने शिक्षा प्रदान गर्नुपर्ने बताए  । उनले  नेपालको सबैभन्दा ठूलो समस्या शिक्षित बेरोजगारी भएकाले उक्त जनशक्तिलाई रोजगारीमा परिणत नगरेसम्म विकास हुन नसक्ने जिकिर गरे  । “प्रमुख चुनौती बनेको बेरोजगारी अन्त्य गर्न ग्लोबल भिलेजमा परिणत संसारमा शिक्षालाई अघि बढ्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो”, उनले भने  ।  

मन्त्री कार्कीले विकासको आधार शिक्षा नै भएकाले सभ्यता सिकाउने शिक्षाले समाजभित्रको अन्धकारलाई दूर गराउने बताउनुभयो । उहाँले जलस्रोत, पर्यटन र कृषिका समस्याको निराकरण गरी अवसरमा रुपान्तरण गर्नसके अबको दश वर्षमा नेपाल दक्षिण एशियामा धनी देश बन्नसक्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शैक्षिक गुणस्तर कायम गर्ने तथा गाउँपालिकालाई धार्मिक पर्यटनसँगै कृषि तथा पशुपालनका माध्यमबाट समृद्ध बनाउने योजना अघि सारिएको बताए  । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *