समाचार

ट्वीटर र मस्कबीचको मुद्धाको सुनुवाई अक्टोबरमा हुने

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले अर्बपति उद्योगपति एलन मस्कलाई कम्पनीको ४४ अर्ब डलरको अधिग्रहण पूरा गर्न दबाब दिन मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइ अक्टोबरमा हुने भएको छ ।

डेलावेयर कोर्ट अफ चान्सरीका न्यायाधीशले एलन मस्कको अधिग्रहण पूरा गर्न ट्विटरको मुद्दा अक्टोबरमा सुनुवाइ हुने बताएका हुन् ।

मस्कले शुक्रबार सामाजिक सञ्जाल ट्विटरले ४४ अर्ब डलरको अधिग्रहण सम्झौता पूरा गर्न दबाब दिएपछि ट्वीटरको मुद्दामा जवाफ फर्काएका छन् । डेलावेयर कोर्ट अफ चान्सरीमा दायर गरिएको जवाफमा, मस्कका वकिलहरूले ट्विटरले नक्कली खाताहरूको बारेमा जानकारी प्रदान नगरेको आरोप लगाए । त्यसो गर्न ढिलाइ भयो, प्राविधिक बाधाहरू सृजना गरेर टाढिने प्रयास गरिएको आरोप लगाएका छन् । उनले मुद्धाको तयारी गर्न महिनौंको समय मागेका छन् ।

आफ्नो जवाफमा, उनले तत्काल सुनुवाईको लागि ट्विटरको अनुरोधको पनि विरोध गरे, ट्विटरबाट जानकारी लिन र नक्कली खाताहरूको विषयमा धेरै साक्षीहरू पेश गर्न महिनौं लाग्ने बताए । यसअघि ट्विटरले ४४ अर्ब डलरमा कम्पनीको अधिग्रहण पूरा गर्न मस्कलाई दबाब दिन मुद्दा दायर गरेको थियो ।

मस्कले फेक अकाउन्टको बारेमा सही जानकारी नदिएको आरोप लगाउँदै ४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता रद्द गर्ने घोषणा गरेका थिए । अर्कोतर्फ, ट्विटरले मस्कलाई सम्झौता जीवित राख्न मुद्दा हाल्ने बताएको छ ।

ट्विटरको बोर्ड अफ डाइरेक्टर्सका अध्यक्ष ब्रेट टेलरले मस्कलाई उनको अनुबंधात्मक दायित्वहरूको लागि जवाफदेही बनाउन डेलावेयर कोर्ट अफ चान्सरीमा मुद्दा दायर गरिएको बताएका छन् । यसले मस्कले ट्विटर र यसका शेयरधारकहरूप्रतिको आफ्नो दायित्वको सम्मान नगरेको कारण उसले हस्ताक्षर गरेको सम्झौता पुरा नगरेको आरोप लगाइएको छ ।

मस्कले जुलाई ८ मा कम्पनीले नक्कली ट्विटर खाताहरूको संख्याको बारेमा पर्याप्त जानकारी दिन नसक्ने बताए, जसले उनलाई सम्झौता रद्द गर्न प्रेरित गर्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *