प्रविधि

इन्टरनेटको शुल्क आजबाट घट्यो

काठमाडौँ । आजदेखि इन्टरनेटको शुल्क घटेको छ ।

आर्थिक विधेयकमार्फत दूरसञ्चार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरुवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो ।

अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ ।

इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टर कनेक्सन चार्ज र फिक्स्ड ब्रोडब्याड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा भने यस्तो दस्तुर लाग्ने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *