सम-सामयिक

बिज इन्टरनेशनल प्रा.लिकाे याडिया ब्राण्डका विधुितय स्कूटरको आधिकारिक बिक्रीवितरण सूरु

काठमाडौं । विश्वबजार मै इन्धनको मूल्यबृद्धि हुने क्रम बढे सँगै उपभोक्ताहरुले वैकल्पिक उर्जाबाट चल्ने उपकरणहरु प्रयोग गर्न थालेका छन् ।

निकट भविष्यमै इन्धनको अभावहुने अनुमान सँगै धेरै जसो राष्ट्रहरुले विद्युतिय उपकरणहरुलाई प्राथमिकता दिन थालेको छ ।अझकति राष्ट्रले सन् २०३० भित्रआफ्नो देशलाई इन्धनमुक्तबनाई विद्युतमै निर्भर हुने उद्धघोस गरिसकेको छ । विकसीत राष्ट्रले सो घोषणा गरि रहँदा नेपालमा पनि उपभोक्ताहरु माझ विद्युतिय उपकरण प्रयोग बढ्न थालेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै र नेपालमा पनि इन्धनको विकल्पको रुपमा विद्युतीय उपकरण नै प्रयोग गर्नुपर्छ भन्ने उद्धेश्य सहितइको बिज इन्टरनेशनल प्रा.लि ले याडिया ब्राण्डका विद्युत्तिय स्कूटरको आधिकारिक बिक्रीवितरण सूरु गरेको छ ।

गतशुक्रबार एक कार्यक्रमको आयोजनागर्दै ललितपुर महानगरपालिका वडा नं ९का वडाध्यक्ष राजु महर्जन र वडा नं २०का वडाध्यक्ष चन्द्रलालमहर्जनको प्रमुखआतिथ्यतामा शोरुमको उद्धघाटन गरिएको थियो ।

ललितपुर महानगरपालिका वडा नं २०, नःटोलस्थितशोरुममा याडिया बा्रण्डकाएस लाइक, जिफाइभर सि वान एसगरि जम्मा तीनवटा मोडल बिक्रिसुरु गरेको छ । शोरुम उद्धघाटनको अवसर पारेर इको बिज इन्टरनेशनलप्रा. लिलेएक्सचेन्जअफर पनि राखेको छ भने निकट भविष्यमै सर्भिसिङ सेन्टर स्थापनगरि सर्भिसिङ सेवा पनि प्रदान गरिने बताइएको छ ।

इन्धनको मूल्यआकासिय सँगै धेरै जसो ग्राहकको रोजाईमा ई स्कुटर पर्ने गरेको र उच्च सुविधा सहितको उत्कृष्ट स्कुटर ग्राहकहरुलाई प्रदानगर्न सकियो भने याडिया ब्राण्डका स्कुटर विक्रीवितरण गर्न सुरु गरेको इको बिज इन्टरनेशनल प्रा.लि काअध्यक्ष रविन्द्र महर्जनले जानकारी गराएका छन ।

सोहि समूहले यसै स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचनाप्रविधिका सम्पूर्ण सामग्रीहरु बिक्रि, मर्मत तथा सेवाप्रदानगर्ने उद्देश्य सहित एलायन्स इन्फोटेक प्रा.लि नामक शोरुम र सर्भिस सेन्टर पनि संचालनमा ल्याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *