काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर मापन गर्नका लागि प्रविधिमैत्री एकीकृत सूचना प्रणालीको विकास गरेको छ ।
प्रणालीमार्फत मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेब एप, यूएसएसडी, आईभीआर लगायतका विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुन पाउनेछन् ।
प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि एजटीए क्यूओई सर्भे नामक मोबाइल एपसमेत सार्वजनिक गरेको छ ।
ग्राहकहरुले वेब एप्लिकेसनको माध्यमबाट पनि मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्नसक्ने प्राधिकरणले जनाएको छ ।




