प्रविधि

दूरसञ्चार प्राधिकरण बोर्ड सदस्यमा रविन्द्र झा र गोकर्णप्रसाद सिटौला नियुक्त

काठमाडौं । सरकारले असार २१ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा प्राविधिकतर्फ रविन्द्र झा र लेखातर्फ गोकर्णप्रसाद सिटौला नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएकाे जानकारी अनुसार रिक्त दुई पदमा झा र सिटौला नियुक्त भएका हुन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल संयोजकत्वको सिफारिस समितिले प्राविधिक तथा लेखातर्फ गरी कूल ६ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिस हुनेमा प्राविधिकतर्फ पवन पाठक, रविन्द्र झा र डा. राजिव सुब्बा रहेका थिए । त्यस्तै लेखातर्फ कुनाल कायाल, गोकर्णप्रसाद सिटौला र सुनिल जाकिबन्जा रहेका थिए ।

सिफारिस भएका यी मध्येबाट सरकारले प्राविधिकतर्फ झा र लेखातर्फ सिटौलालाई प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गर्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषदका बैठकका निर्णयहरु:

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *