काठमाडौं ।नेपाल टेलिकमले आफ्नो कम्पनीको नाम तथा लोगो प्रयोग गरी अनधिकृतरुपमा सामाजिक संजालमा दूरुपयोग गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।
नेपाल टेलिकमले आफ्नो कम्पनीको नाम तथा लोगो प्रयोग गरेर सामाजिक संजालहरुमा अनाधिकृत पेजहरुमार्फत चिठ्ठा परेको भन्ने भ्रामक सूचना जानकारीहरु संप्रेसित भएकोमा गंभिर ध्यानाकर्षण भएको बताएको हो ।
कम्पनीले यस किसिमका गैरकानूनी गतिबिधिहरुका सम्बन्धमा छानबिन गरी दोषी देखिएमा कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।
नेपाल टेलिकमले आधिकारिक वेबसाइट तथा सामाजिक संजालका भेरिफाईड एकाउन्टहरुबाट मात्र आवश्यक जानकारी तथा सूचनाहरु लिन तथा अनधिकृत संजालमा आफ्ना कुनै बिबरण तथा सूचना नदिनका लागि समेत अनुरोध गरेको छ।




