काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा राती समस्या आउनसक्ने भएको छ ।
टेलिकमले सूचना जारी गर्दै सेवा अवरुद्ध हुनसक्ने जनाएको हो । टेलिकमका अनुसार मोबाइल सेवाको प्याकेज सब्सक्रिप्सन सेवा अवरुद्ध हुनसक्ने छ।
कम्पनीले बिलिङ्ग सिस्टमको नियमित मर्मत संभारको क्रममा राती साढे ११ बजेपछि केहि समय मोबाइल सेवाको प्याकेज सब्सक्रिप्सन सेवा अवरुद्ध हुनसक्ने बताएको छ ।





