प्रविधि

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा छ- सञ्चारमन्त्री कार्की

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् । शुक्रबार ब्राण्डवर्थले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने बताउदै मन्त्री कार्कीले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए ।

यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सुचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । यस्तै, दुर दराजका क्षेत्रमा समेत सुचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताए ।

यस्तै, सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो । साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकरात्मक रहेको उनले बताए । समग्रमा उनले सुचना प्रविधिको प्रयोग बढाउने बिषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *