काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले कक्षा १२ को परीक्षा अवधिमा इन्टरनेट अवरोध नहुने व्यवस्था मिलाउन निर्देशन दिएको अर्को दिन इन्टरनेट वितरण केन्द्रहरूमा बिजुली काटिने क्रम बढेको भन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने चेतावनी दिएको हो ।




