काठमाडौं । दूरसञ्चार सेवा दस्तुर शुल्क घटेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले यसअघि १३ प्रतिशत रहेको सेवा शुल्क दस्तुर तीन प्रतिशतले घटाएको हो । दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षदेखि भने जम्मा १० प्रतिशत दस्तुर लाग्ने भएको छ ।
दस्तुर कम भएसँगै इन्टरनेटको शुल्क पनि घट्नेछ ।




